
दक्षिण भारतीय सुपरस्टार रजनीकान्त डिस्कभरी च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन् । उक्त टिभीको सो कार्यक्रमको भाग कर्नाटकको बन्दिपुर राष्ट्रिय निकुञ्जमा प्रस्तोता बियर ग्रिल्ससँग रजनीलाई प्रस्तुत गरिने टाइम्स् नाउले जनाएको छ ।

सुटिङ मंगलबारसम्ममा सकिने भारतीय सञ्चारमाध्यम न्युज १८ ले उल्लेख गरेको छ । यस कार्यक्रमका लागि रजनीकान्तले छायांकन भइरहेको चलचित्र ‘थलैभर १६८’ को सुटिङ स्थगित गरेका थिए । गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उक्त कार्यक्रममा देखिएका थिए ।








