१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश
अ अ+ अ-

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गरेको छ। राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा सामरिक मामिलामा विशिष्टीकृत अध्ययन, अध्यापन र अनुसन्धान गर्ने उद्देश्यले सरकारले विधेयक संसद्मा पेश गरेको हो।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र साहको तर्फबाट विधेयक पेश गर्नुभयो। विधेयक पेश गर्नुअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि सदस्यबाट विरोधको सूचना नआएको जानकारी गराउँदै विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो।

विधेयकको उद्देश्यबारे जानकारी दिँदै मन्त्री गौतमले बदलिँदो विश्व परिवेश र भू–राजनीतिक संवेदनशीलतालाई सम्बोधन गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन तथा अध्यापनमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सक्षम जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको मुख्य उद्देश्य रहेको बताउनुभयो।

विश्वविद्यालयले सैनिक तथा गैरसैनिक अधिकारीलाई एउटै थलोमा उच्च शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था गर्ने उहाँको भनाइ थियो। साथै, सुरक्षा तथा सामरिक मामिलामा सरकारलाई नीति निर्माणका लागि प्रमाणमा आधारित तथ्य र राय उपलब्ध गराउने उद्देश्य पनि विश्वविद्यालयको रहेको मन्त्री गौतमले स्पष्ट पार्नुभयो।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले देशको सुरक्षा कूटनीतिलाई थप सुदृढ बनाउन तथा सुरक्षा र सामरिक विषयसम्बन्धी अनुसन्धानलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।

विश्वविद्यालयको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले यसको सञ्चालन, शैक्षिक गतिविधि तथा प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्न स्थायी कानुनी संरचनाको आवश्यकता रहेको सरकारले जनाएको छ।