काठमाडाैँ । धादिङको धुनिबेशी नगरपालिका–६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
मंगलबार भएको दुर्घटनामा एकै स्थानमा ६ वटा सवारीसाधन दुर्घटनामा परेका हुन्। दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
घटनापछि दुर्घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको जनाइएको छ।








