१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
अ अ+ अ-

कास्की। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ ।

उहाँले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताउनुभयो ।

“विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराउनुभएको छ भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत सहयोग गरिरहनुभएको छ ।” सहायक प्रजिअ बरालले भन्नुभयो । रासस