१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते

भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण

भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण
अ अ+ अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर नीतिका कारण नेपालको जुट उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद डाँगीले जुट उद्योगको संरक्षणका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले भारतले नेपाली जुटमा बढाएको ‘एन्टी डम्पिङ ड्युटी’ तथा जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’ले नेपाली जुट उद्योगलाई प्रत्यक्ष असर पारिरहेको बताउनुभयो ।

उद्योगहरू संकटमा पर्दा हजारौँ मजदुरले रोजगारी गुमाउने र किसानले उत्पादन गरेको जुटले बजार नपाएर सडकमा फाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको चेतावनी थियो । यस्तो अवस्थाले कृषि क्षेत्रसँगै समग्र औद्योगिक उत्पादनमा समेत गम्भीर असर पार्ने उहाँले बताउनुभयो ।

सांसद डाँगीले सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि पहल गर्नु सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगलाई संरक्षण गर्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले बन्द रहेका उद्योग खोल्ने नीतिमा मात्र सीमित नभएर हाल सञ्चालनमा रहेका उद्योगलाई टिकाउन सक्ने दिगो औद्योगिक नीति तर्जुमा गर्न आवश्यक छ ।’

सांसद डाँगीले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज प्रवेश पाउने वातावरण बनाउन आवश्यक कूटनीतिक तथा वाणिज्यिक वार्तालाई तत्काल अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।