१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग

केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभामा ‘केही नेपाल ऐनका व्यवस्था जगाउने विधेयक, २०८३’ माथि सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले कानुनी स्थायित्व, संविधानसँगको सामञ्जस्य र नागरिक अधिकार संरक्षणमा जोड दिएका हुन्।

८५ वटा ऐनलाई समेटेर ल्याइएको विधेयकमाथि धारणा राख्दै नेपाली कांग्रेसकी सांसद सुशिला ढकाल आचार्यले कानून निर्माणको मुख्य उद्देश्य नागरिकको अधिकार संरक्षण र सुशासन हुनुपर्ने बताउनुभयो। उहाँले विगतका कानून पुनः ब्युँताउँदा संविधानसँग बाझिन सक्ने जोखिम रहेको भन्दै त्यसको स्पष्ट कानुनी आधार प्रस्तुत गर्न सरकारसँग आग्रह गर्नुभयो।

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानून संशोधनको प्रक्रिया टुक्राटुक्रामा हुँदा कानुनी अन्योल बढ्न सक्ने बताउनुभयो। पुनर्जीवित गरिने प्रत्येक कानून संविधानअनुकूल भए–नभएको परीक्षण गर्नुपर्ने र कानून कार्यान्वयनका लागि स्पष्ट समयसीमा निर्धारण गर्नुपर्ने उहाँको सुझाव थियो।

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारको विगतको कार्यशैलीप्रति प्रश्न उठाउँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो। उहाँले नियुक्त गरिएका कर्मचारीको पारदर्शितामाथि समेत प्रश्न उठाउँदै सरकारलाई विधि र पद्धतिअनुसार अघि बढ्न आग्रह गर्नुभयो।

यता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानूले भने विधेयकको समर्थन गर्नुभयो। उहाँले कानुनी शून्यता अन्त्य गर्न तथा प्रशासनिक क्षेत्रमा देखिएको अन्योल हटाउन विधेयक आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्रीले अध्यादेशको बाटो छाडेर संसद्मार्फत कानून निर्माणको प्रक्रिया अघि बढाउनु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो।