१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन

कोरोनाको महामारीले २५ प्रतिशत वैदेशिक रोजगार गुम्‍ने

कोरोनाको महामारीले २५ प्रतिशत वैदेशिक रोजगार गुम्‍ने
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ। संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ। दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ। कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०/३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन्। यूएईमा चार लाख र मलेसियामा पाँच लाख श्रमिक कार्यरत छन्। कतार र साउदीमा २०/२० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ। कतारमा चार लाख २५ हजार साउदीमा तीन लाख ८० हजार श्रमिक कार्यरत छन्।

संघका अनुसार कुवेतमा १५, बहराइनमा १२, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार पाँच सय जना कामदार कार्यरत छन्। वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन्। कोभिड १९ ले कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ। त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ। कोभिड १९ ले पर्यटन क्षेत्रमा परेको परेको असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्ट लगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ। मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने संघको प्रारम्भिक आँकलन छ।

रोजगारदाताले भिसा दिई विदेश अनुमति प्राप्त गरि गरेका एक लाख १५ हजार कामदार कोरोना महामारीको कारणल विदेश जान पाएका छैनन्। त्यस्तै पूर्व स्वीकृति प्राप्त गरेका तीन लाख २८ हजार ६ सय ८१ जना कामदारको प्रक्रिया पनि रोकिएको प्रतिवेदनमा उल्लेख छ। कोभिड १९ ले वैदेशिक रोजगारीको जोखिम उच्च भएको भन्दै संघले म्यानपावर व्यवसायको विकल्प खोज्नुपर्ने निचोड निकालेको छ। विदेश पठाउन इजाजत पाएका व्यवसायीलाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्नेगरी इजाजत दिइनुपर्ने प्रतिवेदनमा उल्लेख छ। आठ सय ५३ वटा म्यानपावर कम्पनी सञ्चालनमा छन्। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न न्यूनतम नगद ५० लाख धरौटी र न्यूनतम १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नु पर्ने कानुनी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार ती कम्पनीको धरौटी चार अर्ब ३१ करोड नगद वैदेशिक रोजगार विभागको नाममा जम्मा छ भने १२ अर्ब ८६ करोड रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेका छन्। त्यस्तै व्यवसाय सञ्चालन गर्न करिब २० लाखको दरले १ अर्ब ७१ करोड लगानी भएको महासचिव सुजिकुमार श्रेष्ठले बताए।

उनका अनुसार एउटा म्यानपावरको कर्मचारीको तलब भत्ताा, अफिस भाडा, बिजुली बत्ति, कार्यालय सञ्चालन खर्च, कर राजस्व र अन्य सातलाखदेखि १५ लाख मासिक खर्च हुन्छ। वैदेशिक रोजगार विभागका अनुसार गत फागुनसम्म ४४ लाख ६५ हजार ८ सय ६५ जनाले श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा गएका छन्। हाल वैदेशिक रोजगारीमा करिब २५ देखि ३० लाख नेपाली कार्यरत रहेको संघले अनुमान गरेको छ। सरकारी श्रम स्वीकृतीबाहेक अध्ययन गर्न र भ्रमणमा गएका नेपालीले समेत विदेशमा काम गर्नेको संख्या ठूलो छ। पछिल्लो एक दशकमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत बराबर हिस्सा ओगटेको छ। अन्नपुर्णपोष्ट दैनिक