२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्द्रे रसेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौँ । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले जुलाई २० र २२ मा अष्ट्रेलिया विरुद्धको दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

यी दुवै खेल जमैकाको सबिना पार्कमा खेलिनेछन्, जुन रसेलको घरेलु मैदान हो ।

रसेलले वेस्ट इन्डिजका लागि १४१ खेल खेले र उनको सबैभन्दा यादगार इनिङ २०१६ को मुम्बईमा भएको टी–२० विश्वकपको सेमिफाइनलमा भारत विरुद्ध खेलिएको थियो । त्यो खेलमा भारतले १९३ रन बनाएको थियो ।

रसेल पाँचौं नम्बरमा ब्याटिङ गर्न आउँदा वेस्ट इन्डिजलाई ४१ बलमा ७७ रन चाहिएको थियो । रसेलले केवल २० बलमा अविजित ४३ रन बनाए र अन्तिम ओभरमा विराट कोहलीलाई छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई जित दिलाए ।

‘२०१६ को विश्वकप सेमिफाइनल मेरो जीवनको सबैभन्दा गर्वको क्षण थियो । त्यतिबेला भारतको सम्पूर्ण रंगशालाले आफ्नो टोलीलाई समर्थन गरिरहेको थियो, त्यसैले अलिकति दबाब थियो । तर पिच राम्रो थियो र ड्रेसिङ रुममा हाम्रो आत्मविश्वास थियो। यो आत्मविश्वासले मलाई स्वतन्त्र रूपमा खेल्ने स्वतन्त्रता दियो ।’ रसेलले भने ।

रसेलले भने कि उनले हरेक अवसरमा वेस्ट इन्डिजको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे र अब उनलाई लाग्छ कि यो सन्यास लिने सही समय हो । सबिना पार्कमा सन्यास लिनु आफ्नो लागि सपना जस्तै हो । ‘यहीँबाट मैले मेरो क्रिकेट करियर सुरु गरेको थिएँ र यसलाई यहीँ अन्त्य गर्नु मेरो लागि सम्मानको कुरा हो ।’ रसेल बताउँछन् ।