३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रतिष्ठानको महासचिवमा सनम कठायतको निर्विरोध चयन

प्रतिष्ठानको महासचिवमा सनम कठायतको निर्विरोध चयन
अ+ अ-

काठमाडौं। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा राजधानीको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाबाट नारायण थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ।

साधारणसभा विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईंको सभापतित्वमा सम्पन्न भएको हो। नयाँ कार्यसमितिमा नारायण थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए भने दीपक शर्मा वरिष्ठ उपाध्यक्ष र सुजाता केसी उपाध्यक्षमा चयन हुनुभएको छ।

त्यस्तै, सनम कठायत महासचिवमा र रिता केसी सचिवमा निर्वाचित हुनु भएको छ। महिला सचिवमा बेनिश पौडेल र कोषाध्यक्षमा प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा मनोज परियार, बिरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गिता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट चयन भएका छन्। बाँकी दुई सदस्य भने कार्यसमितिबाट पछि मनोनयन गरिने प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा संस्थापक सल्लाहकार राजु सिंह, डा. टिका भण्डारी, माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुइँटेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले गीत–संगीत क्षेत्रका विकृति र विसङ्गति हटाउँदै श्रष्टामुखी कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो। महासचिव सनम कठायतले कलाकारहरूमा बढ्दो निराशा हटाउने, रचनात्मक कार्यक्रम अघि बढाउने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका विषयमा गम्भीर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, निवर्तमान अध्यक्ष बजगाईंले प्रतिष्ठानले आगामी दिनमा गर्व गर्न सकिने प्रभावकारी कार्यहरू गर्ने विश्वास व्यक्त गर्नुभयो। सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूले श्रष्टाहरूको हितका लागि समर्पित भएर काम गर्ने अठोट व्यक्त गरेका छन्।