१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’



अ+ अ-

काठमाडौं। अभिनेता अनमोल केसीले नेपाली चलचित्रको चर्चित सिरिज ‘ए मेरो हजुर’ को पाँचौं श्रृंखला ‘ए मेरो हजुर ५’ साइन गरेका छन्। सुहाना थापा इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका लागि अनमोलले सोमबार कागजी सम्झौता गरेका हुन्।

फिल्ममा अनमोलको जोडीका रूपमा अभिनेत्री सुहाना थापा पुनः देखिनेछिन्। यसअघि उनीहरू ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा पनि एकसाथ अभिनय गरिसकेका छन्। नयाँ श्रृंखलामा पनि उनीहरूको जोडीलाई निरन्तरता दिइने भएको हो।

चलचित्रका निर्माता सुनिलकुमार थापा हुनेछन् भने निर्देशनको जिम्मा सधैंझैं झरना थापाले सम्हाल्नेछिन्। अनमोलले अहिले आफ्नै होम प्रोडक्सनमा निर्माणाधीन फिल्म ‘बाटुलो जुन’ को छायांकन पूरा गरेपछि ‘ए मेरो हजुर ५’ को छायांकन सुरु गरिने जनाइएको छ।

फिल्ममा आबद्ध भएपछि अनमोलले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गरेका छन्। उनले लेखेका छन्। “जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५ मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु।”

अनमोलको यो पोस्टले प्रशंसकहरूमा उत्साह थपेको छ। लामो समयको विश्रामपछि उनी पुनः व्यस्त अभिनय यात्रामा फर्कंदै गर्दा ‘ए मेरो हजुर’ फ्रेन्चाइजका फ्यानहरू आगामी श्रृंखलाप्रति निकै आशावादी देखिएका छन्।