१० भाद्र २०८३, बुधबार
,
Latest
टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन पड्कदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते



अ+ अ-

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते हुनु भएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते हुनु भएको हो ।

मन्त्री पौडेल र मेयर आचार्यको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । मन्त्री पौडेलको सचिवालयका अनुसार पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ ।

उहाँको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । उहाँ आजै काठमाडौं आउनु हुने कार्यक्रम छ ।