१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो

विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक
अ अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ ।

रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुको पूर्वानुमानसँगै सबै जिल्लाहरुमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरु खटाइ विपद् पूर्वतयारीका कामहरु अघि बढाएको जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको बताउनु भयो । रेडक्रसले विपद् पूर्वतयारी स्वरुप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको बताउनु भयो । उहाँले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताउनु भयो । उहाँले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको पनि बताउनु भयो । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भइसकेको र नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको बताउनु भयो । सबै स्वयंसेवकहरु तयारी अवस्थामा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा नियमित काम गरेको छ । विभिन्न खालका विपद्हरु चाहे भूकम्प होस्, चाहे आगलागी, बाढी पहिरो वा अरु किसिमका विपद्हरुमा हामीले काम गरिरहेका छौँ । पछिल्लो समय मनसुन भित्रिसकेको छ । यो वर्षको मनसुनबारे विभिन्न आँकलनहरु भएका छन् । यो वर्षको मनसुनमा पनि यस पटकको मनसुनमा औषत भन्दा बढी वर्षा हुने र त्यसले जनधनको क्षति गर्ने पूर्वानुमान छ । त्यसको पूर्वतयारीमा हामीले मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ ।

मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको छ । सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ । लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको छ । नेपाल रेडक्रसले राहत सामग्री र खोज उद्धार गरेको छ । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भएका छन् । नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको छ । हाम्रा सबै स्वयंसेवकहरु तयारी अवस्थामा छन् ।’

उहाँले सबैले मिलेर विपद् प्रतिकार्यमा जुटेमात्रै क्षति न्युनिकरण गर्न सकिने बताउनु भयो ।