२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

यौन हिंसा पुराणकालदेखि आजसम्म

यौन हिंसा पुराणकालदेखि आजसम्म
अ अ+ अ-

काठमाडौं । द्रौपतीलाई चिरहरण गर्न खोज्ने दुर्योधनको नकामलाई कसैले रोकेको थिएन । भिष्म जस्तो बलसाली र नैतिकवान पुरुषहरु पनि दुर्योधनको यो काममा मानौं मुक साक्षी थिए । दुर्योधनको नुन खाएका विवेकवान कर्ण पनि चुप लागेर बसेका थिए । युधिष्टीरले द्रौपतीलाईवस्तु नै ठानेर जुवामा हालेका थिए । रजस्वला भएकी द्रौपदीले अर्धनगन शरीरलाई छोप्न र त्यस कुकृत्य रोक्न हस्तिनापुरको दरबारले सकेन । द्रौपदीका शरण कृष्ण आएर उनको लाजको रक्षा त गरें तर त्यो बेलासम्म धेरै कुरा नष्ट भैसकेको थियो ।

महिलाको बलत्कार गरे पनि केही हुँदैन भन्ने भावनाले र महिला केवल यौन पिपासाका लागि हुन् भन्ने कौरब पुत्रको कुत्सित भावना विरुद्व आवाज उठाएर कौरब पुत्रलाई संहार गर्न नसक्नाले नै महाभारतको युद्वमा त्यत्रो धेरै मानिसहरु मारिए । जति मारिए त्यो भन्दा बढी बाँचेकाहरु तड्पिएयौन हिंसाकै कारणले सीताले जीवनभर सुख पाउन सकिनन् । रावणले उनीसँग शारिरीक सम्बन्ध राख्न नै हरेर लगेको थियो । राममायणमा उसले सीतालाई बलत्कार गरेको चाँहि कतै देखाइएको छैन । किनभने उसलाई कुनै स्त्रीको इच्छा विरुद्व शारिरीक सम्पर्क नराख्ने चेतावनी दिइएको थियो । त्यसैले रावणले मानसिक रुपमा सीताको यौन शोषण गरे पनि शारिरीक रुपमा चाँहि गर्न सकेन ।

तर रामले कहिले पनि सीतालाई यौन शोषण भएको छैन भन्ने विश्वास गर्नै सकेनन् । वास्तवमा राम यदि साँच्ची नै मर्यादा पुरूषोत्तम हुँदा हुन त सीतालाई त उनले कुनै पनि हालतमा अग्नि परीक्षा लिनु नै हुँदैनथ्यो । किनभने यदि रावणले सीतालाई बलात्कार गरेको भए पनि सीताको मस्तिष्कमा त राम नै थिए । बलात्कृत हुनुमा सीताको त कुनै हात नै थिएन । तर रामले यो कुरा स्विकारेनन । अग्नि परीक्षाबाट मुक्त भैसकेकोपछि रामको मनमा “सीता” यौन शोषणकी शिकार भएकी हुनाले उनी “दोषी” नै हुन् र रामसँग जीवन बिताउन योग्य छैनन् भन्ने नै लागिरहेको थियो र उनको शंकामा मानौं आगोमा घिउ थपे झैं गर्यो धोबीको कुराले र रामले सीतालाई घरबाट निकाले । यो भन्दा ठूलो घरेलु हिंसा र प्रताड्ना के हुन सक्थ्यो ?

त्यही मानसिकता बोकेर आएको हाम्रो समाजले कुनै पनि महिला चाँहे छोरी, श्रीमती, बुहारी जो हुन सबैलाई यौन हिंसा गर्दै आएको छ र मुलुकी ऐनको कानुनले पनि लामो समयसम्म “बलात्कृत” महिलाहरुलाई नै दोषी बनाउँथ्यो । कसैबाट बलात्कृत भएपछि स्वत नै श्रीमान्सँग उनको सम्बन्ध छुट्टिने बनाइएको थियो ।
अहिल्या प्रति आसक्त भएर इन्द्रले उनका पतिको रूप लिएर अहिल्यासँग संसग गरे । अहिल्याका ऋषी पतिले ती पत्नीलाई नै “दोषी” ठहराए । उनी बलात्कृत पनि भइन । दोषी पनि मानिइन् । ऋषीले उनलाई त्यागे र पत्थर हुने सराप दिए । समाजले पुरुषको बलात्कार एकछिनको सानो गल्ती मात्रै मान्यो तर त्यो अपराधको शिकार भएकी महिलाहरुलाई चाँहि जीवन तड्पिन बाध्य गरायो । त्यही अहिल्या र इन्द्र कथा समाजमा दोहोरि नै रहेको छ ।

यौन हिंसा हुँदा सबभन्दा पहिले पुरुष अपराधी नै हो भनेर हेर्नुको सट्टामा तपाई हामी बलात्कृत महिला कस्ती थिइन, कस्तो लुगा लगाएकी थिइन, कति बाहिर जान्थिन भन्ने जस्ता प्रश्नहरु छलफल गर्न लाग्छौ । अनि पुरूषलाई “बिचरा , कमजोर अवस्थामा मन लोभियो होला” भन्ने जस्ता तर्क गर्छौ । “बलत्कार भनेको एक प्रकारको हत्या नै हो र यसले पिडीतलाई लामो समय दुःख दिइरहन्छ” भन्ने मानसिकता हामी कहाँ छैन । त्यसैले बलात्कार गरेकाहरु २ वर्ष, ५ वर्ष, आदिको सजाय मात्र पाउँछन् । बाहिर निस्केर फेरि कतिलाई बलात्कार गर्न सक्छन् कसैले हिसाब राखेको छैन ।

द्रौपदीको सुन्दरतामा मुग्ध भएका युधिष्ठीरले द्रौपदीसँग सबै पाण्डवले विवाह गर्नुपर्ने मान्यता बनाएर पनि द्रौपदीको शरीर माथि हिंसा नै गरेका थिए । द्रौपदीलाई त अर्जुन मात्र मन परेका थिए । अर्जुनले पनि माछाको आँखामा वाण हानेर नै द्रौपदीलाई जित्न सफल भएका थिए । तर युधिष्ठीरको लोलुप मनले द्रैपदीसँग यौन सम्पर्क राख्न चाह्यो, त्यो बेला समाजमा नचलेको एउटा अचम्मको नियम बनाए , द्रौपदीलाई पाँचै पाण्डवको “यौन सम्बन्धको वस्तु बनाउने अर्थात राम्रो शब्दमा सबैकी पत्नी बनाउनु । युधिष्ठीरको यो कार्यलाई पनि समाजले स्वीकृति दियो । द्रौपदीको शरीर माथि यो हिंसा थियो भनेर कसैले पनि विचार गरेन ।

त्यसैले युधिष्ठीरको लागि द्रौपदी केवल “एक यौन आन्नद लिने वस्तु वा यौन दासी” मात्र थिइन र त्यसै कारणले गर्दा उनले सहजै द्रौपदीलाई वस्तु ठाने । उनी हाम्रो बैवाहिक संकार “कन्यादान”बाट पे्ररित थिए र उनले द्रौपदीले दान दिएको हुनाले द्रौपदीलाई मानव नमानेर एक “वस्तु”मात्र मानेका थिए । त्यही कन्यादान दिने प्रचलनले नै र त्यो बेलामा भनिएका शब्दहरु “मारे पाप ,पाले पुण्य” भनेर छोरी दान गरिन्छ । यदि पिटियो र मारियो भने पनि केही पाप लाग्छ तर प्रायश्चित भइहाल्छ भन्ने विचारले नै श्रीमतीलाई यौन शोषण गर्न र महिलालाई बलात्कार गर्न पुरूषहरु हिचकिचाउँदैनन्

महिलाहरु प्रति गरिने अपराधहरु प्रायः जस्तो विवाह गर्न नमान्दा वा आफूलाई मन परेको मानिससँग विवाह गर्ने इच्छा वा श्रीमतीसँग सम्बन्ध नराख्ने इच्छा वा श्रीमान्को वा साथीको अति यौन यच्छाबाट आजित भएर छोड्न खोज्दा हुन्छन् । सबै यौनकै सेरोफेरोका हुन् । हिन्दू धर्ममा मात्र होइन हाम्रा समाजमा प्रचलित अन्य धर्महरुमा पनि महिलाहरु प्रति गरिने यौन हिंसा र बलात्कारको लागि धार्मिक कानुुन अनुसार महिलाहरुलाई नै प्रताडित गरिन्छ ।

मुस्लिम देशर्को कानुनमा कुनै महिला बलात्कृत भइन र पुलिसमा रिपोर्ट गरिन भने उनले ४ जना लोग्ने मान्छे साक्षी खोजेर ल्याउनु पर्छ जसले उनी बलात्कृत देखेका हुन् । यदि उनले ल्याउन सकिनन् भने बलात्कृत महिलाले नै “पुरूषलाई लोभ्याएकी भनेर उनी नै सजायको भागि हुन्छिन् । अर्थात समाजमा बलात्कृत महिलाहरु त्यस धर्मले पिडित गराउको छ ? नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभुति दिएको छ होला ?