१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन

प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद

प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच भएको बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताउनुभएको हो । उहाँले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको बताउनु भयो । संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरुलाई व्यवस्थालाई केही कुरालाई पनि फाइदा हुँदैन । म चाहीँ रोमाञ्चित हुन्न । दुई वटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने । मन्त्रीहरु परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन निकृष्ट र संर्किण सोँचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई । संविधान बदल्नु छ, कानूनहरु बदल्नु छ, सत्तालाई स्थिर ढंगले चलाउनु छ, बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठुलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरेभने, देशको अर्थतन्त्र कमजोर छ, राजनीति अस्थिरता छ । त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ । देशको राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुनसक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन । तर केवल सत्ताको अदलबदलमा मात्रै आधारित भयो भने त्यो संर्किण सोँचले राजनीतिलाई पनि ठिक बाटोमा लादैन ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने काँग्रेस एमालेको सहकार्य हुनसक्ने बताउनु भयो । उहाँले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमती हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यि सबै कुरामा समझदारी बन्यो भने अगाडी बढ्नसक्छ । कुराकानी हुनु अस्वभाविक होइन । तर हामी सत्तामा जानका लागि मात्रै केन्द्रित भएर गर्दैनौँ ।’

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताउनु भयो । उहाँले एमाले सरकार अदल बदलको पक्षमा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘एमाले यो सरकारलाई मजबुद बनाएर लैजाने पक्षमा छ । सरकार अदल बदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन । सरकारलाई मजबुत बनाएर लैजानुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समिकरणमा फेरबदल नआउने बताउनु भयो । उहाँले आज नै वर्तमान सत्ता समिकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमती भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीको पहलमा सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, समिकरणलाई बचाउने, सहकार्यलाई निरन्तरता दिने र ०८४ सम्म नै समिकरण अगाडी बढाउनुपर्छ । सरकार सञ्चालनमा चाहीँ यही समिकरणलाई मजबुद बनाएर जाऔँ भनेर बालुवाटारमा भद्र सहमती पनि भएको छ दुई नेताहरुका बीचमा । त्यसकारण तरंगित भइराख्नुपर्ने आवश्यकता देखिदैन । सत्ता समिकरणमा फेरबदल आउने परिस्थिति देखिँदैन ।’

उहाँले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समिकरणलाई नै ०८४ सालसम्म लानका लागि प्रयत्नरत रहेको बताउनु भयो ।