९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री आजदेखि खुला, सबै आवेदकले शेयर पाउने



अ+ अ-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबारदेखि विक्री खुला भएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो । यो आईपीओ सबै आवेदकले पाउने निश्चित रहेको छ । 

उक्त आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहने जनाएको छ । कम्पनीको माग बमोजिम आवेदन भरेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ । कम्पनीको अधिकृत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा चुक्तापूँजी रू. २१ अर्ब ६० करोड चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो । संस्थापकतर्फ हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो । 

कम्पनीले कुल ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । त्यसैगरी बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । उक्त आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।