२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै

आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्छ : गृहमन्त्री थापा

आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्छ : गृहमन्त्री थापा
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी दिनमा प्राकृतिक विपत्ति आकस्मिक रुपमा आउनसक्ने भएकाले ति विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि बताउनुभयो । २०७२ सालको भुकम्पको घाउ निको भइनसकेको भन्दै उहाँले पुननिर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस वर्षमा बाढी पहिरोका कारण क्षति भएका घरहरुको पुननिर्माणको कामपनि अगाडी बढाउनुपर्ने उहाँको भनाई छ ।

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरु निर्माण गर्न चाहेको बताउनुभयो । गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिदैँ उहाँले अनुमति दिए सुरक्षा निकाय बस्ने जीर्ण भवन पुरानै स्वरुपमा काठमाडौँ महानगरपालिकाले बनाउने बताउनुभयो । विपतको सामना गर्न काठमाडौँको नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाएको पनि मेयर शाक्यले बताउनुभयो । अहिले काठमाडौँ महानगरपालिकाले भुकम्पपिडित घरधनीलाई नक्सा पासको दस्तुर मिनाह गरेको छ । 

राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका काम शुरु गरेको बताउनुभयो । जोखिमको जानकारी दिनको निम्ति पोर्टल निर्माण गरेको, भुकम्पको पूर्वतयारीको लागि स्वयंसेवक ब्युरो बनाउने लगायतका काम प्राधिकरणले गर्न लागेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले हरेक वर्ष माघ २ गते राष्ट्रिय भुकम्प स्मृतिमा  सभा गर्दै आएको छ ।