११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न



अ+ अ-

काठमाडौ । परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा स्थित हैदरावाद हाउसमा सुरु भएको नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व भारतीय विदेशमन्त्री यस जयशंकरले गरेका हुन् ।

नेपाली टोलीमा मन्त्री ज्ञावली सहित टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, राजदूत निलाम्बर आचार्य ,स्वास्थ्य सचिव लक्ष्मण अर्याल परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख यज्ञवहादुर हमाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल,विद्युत विकास विभागका प्रमुख नविनराज सिंह, भौतिक पुर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरी पोखरेल र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी रहेका छन् । 

यसै गरी वार्ता टोलीमा गृहमन्त्रालयका सहसचिब चक्रबहादुर बुढा, नापी बिभागका महानिर्देशक प्रकाश जोशी गृहमन्त्रालयका सहसचिव चक्रवहादुर बुढा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, परराष्ट्र मन्त्रालयका उपसचिव लोकवहादुर पौडेल सहभागि भएका हुन् । परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा नेपालले जारी गरेको नक्सा, कोरोना बिरुद्धको खोप लगायतका बिषयमा कुराकानी भएको जनाईएको छ ।