७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका केन्द्रीय निर्वाचन संयोजक अधिकारीले दिए राजीनामा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।

पार्टीको महाधिवेशन गराउने मुख्य जिम्मेवारीमा रहनुभएको अधिकारीले नै राजीनामा दिएपछि पार्टीभित्र थप शंका उपशंका उठ्न थालेको छ ।

यसभन्दा पहिले पटक पटक महाधिवेशनको मिति तय गर्दै महाधिवेशन सर्दै गइरहेको अवस्थामा निर्वाचन संयोजक अधिकारीले राजीनामा दिएपछि पार्टीभित्र शंका उठ्न थालेको हो ।

उहाँले आकस्मीक रुपमा राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउँदै उहाँले राजीनामा दिनु भएको हो की भन्ने आशंका धेरैको रहेको छ । यता उहाँ देउवाको निकटका नेता  रहेको देउवासँगकै सल्लाहमा उहाँले राजीनामा दिएको अनुमान पनि कतिपयले लगाएका छन् ।

यता नेता अधिकारीले भने आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताउनुभएको छ ।