७ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा राजनीति सत्ताको प्रतिष्पर्धा मात्र नभई समाजसँगको सम्बन्ध होः सभापति थापा बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस् ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा: भूमाफियाको चलखेल हुँदा गाउँ नै अर्काको नाममा



अ+ अ-

काठमाडौं । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन् ।

तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरु त्यहाँबाट विस्थापित भइ करहियाको खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए । ३२ परिवार थारु र दलित समुदायका रहेका छन् ।

सुरुमा १०–१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताए । सोझा साझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उनले बताए । उनका अनुसार जग्गा दर्ता गर्ने निकाय र दर्ता गराउनेको मिलेमतो र गलत प्रवृतिको कारण जनताले दुःख पाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।




भर्खरै