७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

प्रथम वीरगञ्ज गोल्डकप: त्रिभुवन आर्मी क्लब फाइनलमा

प्रथम वीरगञ्ज गोल्डकप: त्रिभुवन आर्मी क्लब फाइनलमा
अ+ अ-

काठमाडौं । त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २२औँ मिनेटमा आर्मीका रिपु भुलनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

त्यसपछि दुवैतर्फबाट भएका प्रहार रक्षापङ्क्तिका खेलाडीले जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका आर्मीका भुलन प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनले क्वेस्ट फर्मास्युटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे ।

अब आर्मी क्लबले कात्तिक २५ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए ।

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआइ नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने छ ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।