© 2023
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो। ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाउनुभएका विषयप्रति सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु’,सभामुख घिमिरेले भने । प्रतिनिधि सभा
सभामुख घिमिरेले दलहरुलाई सहमतिका आधार संसद्को कामकारबाही अघि बढाउन आग्रह गर्न बैठक बोलाउनुभएको बताइएको छ ।