९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल
अ अ+ अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी बाढीपश्चात सम्पर्कविहीन हुनुभएका दाजु, भाउजु र छोराको कि सास कि लासको पर्खाइमा हुनुहुन्छ । भदौ १० गते आएको बाढीपश्चात् उहाँका लागि अहिले दिनहरू टोलाएर बिताउने माध्यम बनेका छन् ।

बाढीपछि रोकायका १९ वर्षीय छोरा दीपक, ५३ वर्षीय दाजु शेरसिंह र भाउजु विष्णुमती सम्पकैविहीन हुनुहुन्छ । रसुवा भन्सार कार्यालय टिमुरेस्थित पार्किङमा काम गर्ने रोकायका दाजु र भाउजुसँगै गोसाइँकुण्ड घुम्न गएका छोरा दिपकको अवस्था हालसम्म अज्ञात छ । घटना भएको ११ दिनसम्म पनि कुनै जानकारी नपाएपछि पीडामाथि थप पीडा भएको रोकायले बताउनुभयो । गोसाइँकुण्ड घुम्न गएका छोरासहित दाजु, भाउनु गुमाउँदाको पीडाले उहाँका आँसु रोकिएका छैनन् ।

“चितवनको अस्पताल पुगेर सबै शव हेरेँ, कहीँ भेटिएको खबर आउँछ कि भन्ने आश थियो । दिनहरू बित्दै जाँदा निराशा बढ्दै गएको छ”, रोकायले भन्नुभयो, “हाम्रा मान्छे हराएको यति धेरै दिन भयो, सास कि लास केही नभेटिँदा झन पीडा र अलमल बढ्दै गएको छ ।” शव पहिचान शुन्छ कि भनेर गर्न डिएनए परीक्षणको लागि रिपोर्ट गरेको उहाँले बताउनुभयो । फेला परेका शव भन्दा हराएकाहरूको सङ्ख्या बढी रहेकाले सास र लासको आशा भने मर्दै गएको रोकायले बताउनुभयो । उहाँको परिवारले लास वा सासको आश गर्दागर्दै हालसम्म धार्मिक संस्कारसमेत गर्न सकेको छैन ।

“घटनाको प्रकृति हेर्दा अब हाम्रा मान्छेको सास वा लास आउने सम्भावना हराएको छ । हिमपहिरोमा परी बेपत्ता व्यक्तिको अन्तिम संस्कारका बारेमा सरकारले निधो गरिदिए हामीलाई सजिलो हुनेथियो”, उहाँले भन्नुभयो, “लास र सास पाउने आशामा धेरै दिन बिते, के आधारले काजक्रिया गर्ने भन्ने अलमलले धार्मिक संस्कार गर्न नपाउँदा थप पीडित हुन पुगेका छौँ ।”

सुदूरपश्चिमको बाजुराबाट बाँकेको नेपालगञ्जमा बसाइँसराइ गर्नुभएका रोकाय परिवारका घरमूली दाजु शेरसिंह रोजगारीका लागि श्रीमतीसहित सात वर्षदेखि रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत हुनुहुन्थ्यो । चाडपर्व र काम पर्दा घर आएपनि अन्यबेला दाजु, भाउजु टिमुरेमै बस्दै आउनुभएको अनलालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पटक गत असारमा पनि दाजु धान रोपाइँ गर्न घरमा आउनुभएको थियो ।

पढाइमा अब्बल थिए दिपक

भोटेकोशी बाढीमापश्चात् बेपत्ता भएका छोरा दिपक पढाइमा अब्बल रहेको आमा कर्णसरी रोकायले बताउनुभयो । नेपालगञ्ज-२० राँझास्थित भेरी विद्या मन्दिरमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन थिए । हाल स्नातक तहमा अध्ययनरत दिपकले काठमाडौँमा बसेर लोकसेवा तयारी गरिरहेका थिए ।

“स्कूल पढ्दा कक्षामा सधैँ पहिलो हुने गथ्र्यो, अहिले पनि लोकसेवामा नाम निकाल्ने भनेर मेहनत गरेर तयारी गरिरहेको थियो”, आमा कर्णसरीले भन्नुभयो, “लोकसेवाको परीक्षा पनि दिइरहेको थियो, कतिपय परीक्षाको रिजल्ट नआउदै छोरो बेपत्ता भएको छ ।”

एउटै वडाबाट पाँच जना बेपत्ता

रसुवाको भोटेकोशी बाढी पश्चात नेपालगञ्ज-२० का पाँच जना बेपत्ता भएका छन् । रोकाय परिवारका तीनसहित स्थानीय अराम दमाईं र उजना दमाईं गरी पाँच जना बेपत्ता भएका नेपालगञ्ज-२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार रोकाय परिवारका सबै आफन्त नेपालगञ्ज-२० थपुवामा बस्दै आएपनि अराम र उजनाका छोराछोरी काठमाडौँ बस्दै आएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य र आफन्तलाई आवश्यक सहयोगका लागि स्थानीयस्तरबाट सहयोग र समन्वय भइरहेको उहाँले बताउनुभयो ।

रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ जना हालसम्म पनि बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको  छ । हालसम्म तीनजनाको शव सनाखत भइसकेको जनाउँदै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले हालसम्म ३२ जनाको सकुशल उद्धार भएको उल्लेख गर्नुभयो । रासस