९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन

बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन
अ अ+ अ-

नुवाकोट। भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

“भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका भनेर निवेदन प्राप्त भएसँगै भेट्टिएका शवको पहिचानका लागि डिएनए परीक्षण गराउन परिवारका सदस्यसँग नमूना सङ्कलन थालिएको छ”, प्रहरी नायब महानिरीक्षक डा पौडेलले भन्नुभयो, “डिएनएको नमूना दिन काठमाडौँ जानुपर्ने बाध्यतालाई सरल बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।”

उहाँका अनुसार डिएनए परीक्षणका लागि अुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमूना सङ्कलन गरिएको छ ।

भेट्टिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमूना लिनका लागि उहाँले आग्रह गर्नुभयो । यो सम्भव नभएको अवस्थामा भने नजिकका रगतसम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डा पौडेलले जानकारी दिनुभयो ।

बाढीमा हराइरहेका व्यक्तिको परिवारको तर्फबाट नमूना दिने व्यक्तिको दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात आवश्यक पर्नेछ भने बालबालिकाको हकमा जन्मदर्ता वा विद्यालयको परिचयपत्र भए हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएकाले शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।