२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.31

Wind: 4.12

Humidity: 22

Latest
नोरा फतेहीले नेपालीलाई छमछम नचाउने रास्वपाले चितवनबाट शुभारम्भ गर्‍यो ‘जनयात्रा’ नेपाललाई एक स्वर्ण सहित पाँच पदक पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान श्रीमान–श्रीमती छुट्टाछुट्टै ओछ्यानमा किन सुत्नुपर्छ ? यी १० कारणले टुट्छ रोमान्टिक सम्बन्ध, कसरी टिकाइराख्ने ? सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै



अ+ अ-

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनुभएको छ ।

सरकारले वैशाख २८ गतेदेखि बजेट अधिवेशन आह्वान गरिसकेको छ । तर दलहरुबीच तिक्ततापूर्ण सम्बन्ध छ । सभामुख घिमिरेले दलहरुलाई सहमतिका आधार संसद्को कामकारबाही अघि बढाउन आग्रह गर्न बैठक बोलाउनुभएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाउनुभएको हो ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गर्नुभएको थियो । तर सहमति हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन सभामुखले प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्था समितिमा अलग–अलग छलफल गर्नुभएको थियो ।

यसबाहेक सभामुखले संसदलाई प्रभावकारी बनाउन, विचाराधीन विधेयक फटाफट अघि बढाउन आग्रह गर्ने तयारी गर्नुभएको छ ।