११ श्रावण २०८३, सोमबार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वतयारीलाई ध्यान दिन सभामुखको निर्देशन



file
अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गर्नुभएको थियो ।

उहाँले काठमाडौँको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ः०० बजे बस्नेछ ।रासस