३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वतयारीलाई ध्यान दिन सभामुखको निर्देशन



file
अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने परिस्थितीलाई ध्यान दिई आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद ठाकुर गैरेले मनसुनका कारण देशव्यापी रूपमा वर्षा भएकाले विपद् पूर्वतयारीलाई विशेष ध्यान दिन र सार्वजनिक सूचनामार्फत आमनागरिकलाई सचेत गराउन आग्रह गर्नुभएको थियो ।

उहाँले काठमाडौँको धोवीखोलालगायतका स्थानमा आएको बाढीको उदाहरण दिँदै सार्वजनिक यातायातलाई सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते शनिबार बिहान ११ः०० बजे बस्नेछ ।रासस