२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे
अ अ+ अ-

झापा। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताउनुभएको छ ।

यहाँको मेचीनगरस्थित धाइजनमा आयोजित लोपोन्मुख मेचे समुदायको राष्ट्रिय पर्व वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीतिरिवाज खुला रूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको उल्लेख गर्नुभएको हो ।

सभामुख घिमिरेले संविधानसभाबाट घोषित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अघि बढ्नुपर्ने बताउँदै नेपाल विभिन्न जातजातिको साझा थलो भएको बताउनुभयो । यसमा सबैको धर्म, संस्कृति, पहिचानलाई समान महत्व दिएरमात्र राष्ट्र बलियो र समृद्ध बन्ने उहाँको भनाइ छ ।

घिमिरेले जातीय सौहार्द बिगार्न खोज्ने तत्वबाट सजग रहनसमेत आग्रह गर्नुभयो । “लोपोन्मुख जातिहरू जोगिएनन् भने राष्ट्रिय मौलिकता हराउने खतरा रहन्छ । मेचे समुदायजस्ता लोपोन्मुख जातिको संरक्षण राज्यको दायित्व हो ”, सभामुख घिमिरेले भन्नुभयो । मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख घिमिरेले मेचे भवनकोसमेत उद्घाटन गर्नुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा करिब दुई हजार जनसङ्ख्या रहेको छ ।

‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आह्वानः पहिचानसहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक सशक्तीकरणका सन्देश प्रस्तुत गरिएको छ ।

कार्यक्रममा एसइई परीक्षामा मेचे समुदायबाट उत्कृष्ट अङ्क ल्याउने आइस्था मेचे, दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे र प्रकृति मेचेलाई सम्मान गरिएको थियो । साथै, नवनिर्मित भवनका लागि जग्गा दान गर्ने नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई कदरपत्र सहित सम्मान गरिएको थियो । रासस