३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त



अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बोहराको निधन भएको ११औँ दिन आज स्व बोहोराको निजी निवास बालुवाटारमा पुगेर दिगवङ्त सांसद बोहोराको परिवारसँग भेट गरी सभामुख घिमिरेले समवेदना व्यक्त गर्नुभएको हो । दिगवङ्त बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वरिष्ठ नेता तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी सांसद सूर्य थापाले आज उहाँको निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको उपचारको क्रममा यही चैत १९ गते मङ्गलवार निधन भएको हो ।

पोस्ट–कोभिड समस्याबाट पीडित राप्रपाका संस्थापक नेता बोहोरा पर्यटन राज्यमन्त्री, पर्यटन सहायकमन्त्री, निर्माण तथा यातायात राज्यमन्त्री, निर्माण तथा यातायातमन्त्री,  वन तथा भूसंरक्षणमन्त्री, श्रम तथा रोजगारमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बन्नुभएको थियो । रासस