२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन



अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा परेर भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका छन् ।

रसुवाको धुञ्चेबाट मानसरोवर जाने क्रममा भारतीय मूलका चार जना अष्ट्रेलियन  नागरिक सम्पर्कविहीन भएका हुन् ।  सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन हुनुभएको हो ।

भारतको केरला राज्यबाट आफन्तको खोजी गर्दै रसुवा आउनुभएका रञ्जित श्रीधरणले आफ्ना चार जना आफन्त सम्पर्कविहीन भएकाले खोजी गरिदिनुहुनका लागि अनुरोध गर्नुभयो ।

उहाँले आफ्ना हराइरहेका आफन्तको अन्तिमपटक मोबाइल ‘लोकेसन’ रोयल हिमालयन होटेल स्याफ्रुबेँसी देखिएको जानकारी दिनुभयो । “सम्पर्कविहीन भएका चारै जनाका बारेमा अझैसम्म कुनै पनि जानकारी प्राप्त गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “आफ्ना आफन्तको अवस्थाका बारेमा जानकारी नहुँदा हामी विक्षिप्त भएका छौँ । आ-आफ्नो ठाउँबाट खोजी गरिदिनुहुनका लागि अनुरोध गर्दछौँ ।”

नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले भारतीय मूलका अष्ट्रेलियन नागरिकको खोजी कार्यमा सहयोग गरिदिनुहुनका लागि सबैसँग अनुरोध गर्नुभएको छ ।

“रसुवाको बाढीपछि सम्पर्कविहीन हुनुभएका अयर परिवारका आफन्त रसुवामा खोजी गर्दै आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीयस्तरमा आवश्यक खोजीको लागि सहजीकरण गर्दै आइरहेका छौँ ।” रासस