• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   भरतपुरमा विद्यार्थी लिन गएको स्कुल बसमा आगजनी ★   राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत ★   एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार ★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस



काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गर्नुभएको छ ।

कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

नेपाली कांग्रेस यसअघि नै दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा विजय भइसकेको छ ।