९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने

जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने
अ अ+ अ-

जापान। जापानको टोकियोमा “जापान – नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ ।

आगामी असार २ गते ( जुन १६ तारिख ) आईतबार टोकियोको फुस्सा सि कुमागावामा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने निर्णय भएको हो । जापान स्थित नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी ( दुबसु ) को उपस्थितिमा हुने उद्घाट्न समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र एनआरएनए आईसीसीका उपाध्यक्ष रविन प्रसाद शेरचनको समेत उपस्थिति रहने छ ।

यस्तै कार्यक्रम नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं राजु काजी शाक्य, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडीहरु उमेश प्रधान र हरि खड्का, जापान फुटवल एशोसिएसनको प्रशिक्षक ताकेदा चियेकी र कलाकार राजु लामाको समते उपस्थिति रहने छ । जापान – नेपाल फुटबल संघ (एन्फा जापान) लाई आधिकारिक मान्यता प्रदान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जापान आउन लाग्नु भएको जापान – नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले जानकारी दिए ।

संयोजक खड्काले कार्यालय उदघाटनसंँगै कार्य समिति घोषणा, नयाँ कार्यसमितिका सदस्यहरुको सपथ ग्रहण र विधान पारित गर्ने कार्यक्रम तय भएको समेत बताए । कार्यालय उद्घाटनकै दिन ६ टिमको सहभागितामा च्यारिटी म्याच समेत खेलाइने भएको छ । खेल नकआउटको आधारमा हुने छ । च्यारिटी म्याचमा सहभागी टिमको नेतृत्व टिम नेपाल रातो (अ) को क्याप्टेन प्रमुख अतिथि राजदूत डा.दुर्गाबहादुर सुवेदी ( दुबसु ) रहने छन भने नेपाल निलो (अ) टिमको क्याप्टेन राजु काजी शाक्य हुने छन् ।

यस्तै एन्फा नेपाल (अ) टिमको क्याप्टेन एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गर्ने छन् । यस्तै टिम सगरमाथा (अ) को क्याप्टेन हरि खड्का हुनेछन भने रारा (अ) टिमको क्याप्टेन उमेश प्रधानले गर्नेछन् । यस्तै आईसीसी एनआरएन ११ (अ) को क्याप्टेन रविन शेरचनले गर्नेछन् । खेल हाचीओजी टोकियोमा स्थानीय समय अनुसार अपरान्ह ३ बजे देखि राति ८ बजे सम्म हुने छ । खेल हेर्न उपस्थित भइदिन हुन एन्फा जापानका संयोजकले जापानमा रहेको नेपाली नागरिकलाई अनुरोध समेत गरेका छन् ।