४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड



अ+ अ-

भक्तपुर । नेपाली भाषा, साहित्य एवं सामाजिक मूल्य मान्यताहरूमा अतिक्रमण भइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।

भक्तपुरस्थित काठमाडौँ स्कुल अफ लको भाषा संस्कृति समितिद्वारा आज यहाँ आयोजित भाषा, साहित्य, संस्कृति एवं सामाजिक मूल्य मान्यतामा आधारित गलत सङ्कथन तथा अतिक्रमण र यसको समाधान विषयक गोष्ठीका सहभागीहरूले त्यसमा जोड दिएका हुन् ।

सो गोष्ठीका सहभागीहरूले नेपाली भाषामा एकरुपता नभएको, नेपाली संस्कृति र परम्परामाथि आक्रमण भइरहेको तथा नेपाली मूल्य, मान्यताहरू पनि एकपछि अर्को गर्दै क्षय हुँदै गएको दृष्टान्त पेस गर्र्दै यसको निराकरण गरी नेपालीपनको प्रवर्द्धनका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

भाषाविद् एवं वरिष्ठ पत्रकार शरच्चन्द्र वस्तीले नेपाली भाषामा बिग्रह ल्याइएको, व्याकरणमा एकरुपता नभएकाले मानक खोज्न कहाँ जाने र कसलाई मान्ने भन्ने प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषालाई धेरैभन्दा धेरै फराकिलो र अझ धनी बनाउनुपर्नेमा झन् धेरै सङ्कुचित बनाइएको छ, वास्तवमा भन्ने हो भने यतिखेर नेपाली भाषामाथि नै धेरै ठूलो अपराध गरिएको छ ।”

पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले योजनाबद्ध रूपमा नै नेपाली भाषा, कला, संस्कृति र परम्परामाथि हमला भइरहेको देखिएकाले यसको संरक्षणका लागि कलेजमा नै नेपाली भाषा संस्कृति समितिको निर्माण गरी विद्यार्थीहरूलाई यसमा लगाइएको जानकारी दिनुभयो । उहाँले यसैगरी देशभरिका कलेज पनि नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाली सामाजिक संरचनालाई नै ध्वस्त पार्ने काम भएको भन्दै यसका विरुद्धमा र नेपालीपनको संरक्षणार्थ मुलुकका विद्यार्थी वर्ग लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसचिव एवं काठमाडौँ स्कुल अफ लका अध्यक्ष गोविन्द कुुुसुमले देशका मूल्य मान्यता र परम्पराहरूको संरक्षणमा राज्यले ध्यान नदिने हो भने यसले समाजमा विकृति र विसङ्गति ल्याउने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकारद्वय जीवराम भण्डारी र तीर्थ कोइरालाले नेपाली भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहने धारणा राख्दै पत्रकारिताको भाषामा पछिल्लो समय भाषिक एकताका लागि मानक हुन नसक्दा भद्रगोल हुँदै गएका उदाहरणहरू प्रस्तुत गर्नुुभयो ।

राससका प्रधानसम्पादक एकराज पाठकले नेपालमा हाल व्याप्त रहेको नकारात्मकतालाई हटाई समुन्नत समाज निर्माण गर्न नैतिक शिक्षाको पुन:र्जागरण हुनु जरुरी रहेको बताउनुभयो । रासस