८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्याल पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । सदनमा भएका हाम्रा ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने बताउनु भयो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताउनुभएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताउनुभएको प्रवक्ता सापकोटाले जनाउनु भयो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले आफ्ना धारणा राख्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षज्युले दिशा निर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ । त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतमा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थिया, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो । ६ जना कमरेडहरुले आफ्ना भनाइ राख्नुभयो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले राख्नुभयो । हामी सदन र सडकलाई निकै प्रभावकारी ढंगले जोड्दैछौँ । सदनमा भएका हाम्रा ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने छौँ । हामीले संगठनको रुप पनि त्यसैगरी, जनपरिचालन, संघर्षका रुप पनि नितान्त नयाँ ढंगले अघि सार्नेछौँ ।’

उहाँले पार्टीले संगठनको रुप, जनपरिचालन, संघर्षका रुपहरु नयाँ तरिकाले अघि बढाउने पनि बताउनु भयो ।