८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने

प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने
अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हिजो बुधबार न्युयोर्क पुगेका हुन् ।

प्रधानमन्त्री शाहले जारी महासभामा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम अनुसार प्रधानमन्त्रीले नेपाली समय अनुसार भोलि बिहान सम्बोधन गर्नेछन् । महासभाको उच्चस्तरीय सत्र जारी रहेको छ ।

प्रधानमन्त्रीको सम्बोधनका लागि २४ अक्टोबरको समय लिइएको थियो । सोही बमोजिम प्रधानमन्त्रीको सम्बोधनको समय नेपाली समय अनुसार भोलि बिहान मात्र आउने बताइएको छ ।

यस पटक नेपालको सम्बोधन महासभाको उच्चस्तरीय सत्रको ढिला परेको छ । किनभने यसअघि परराष्ट्र मन्त्रीले नै सो सभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा भोटेकोशी बाढीको प्रकोपका कारण नेपालबाट प्रधानमन्त्रीलाई नै नेपालका तर्फबाट सहभागी हुन भनिएको थियो ।

सोही बमोजिम प्रधानमन्त्री शाह अमेरिका त गए तर पनि उनले सम्बोधन मात्र गरेर फर्किने, कुनै साइडलाइन भेटवार्ता पनि नगर्ने कार्यक्रम रहेको छ ।

यसलाई भने एउटा ठूलो कूटनीतिक कमजोरीका रुपमा औँल्याइएको छ । किनभने नेपालको जेनजी प्रधानमन्त्री, जो गतबर्षको जेनजी आन्दोलनबाट आएका थिए । यस हिसाबले पनि प्रधानमन्त्री स्वयं र नेपालको चर्चा विश्वव्यापी रुपमा भएकै थियो । त्यसैले उनले विश्वका नेताहरुलाई भेटेर नेपालको कूटनीति विस्तार गर्न सक्दथे ।

त्यस्तै यसपटक नेपालको भोटेकोशीमा आएको बााढीका कारण विश्वव्यापी रुपमा नै नेपालप्रति सदभाव बढेको अवस्था पनि थियो । यस्तो अवस्थामा नेपालले आफूलाइ परेको जलवायु परिवर्तनको असरको अवस्थाका लागि जलवायु न्याय माग गर्न सक्दथ्यो ।

त्यो अवसर प्रधानमन्त्रीले गुमाएका र यसले नेपाललाई नै लाभ नपुगेको विश्लेषण कूटनीतिक वृत्तमा चलिरहेको छ । तर पनि प्रधानमन्त्री कुनै पनि त्यस्तो साइडलाइन भेटवार्ता नै नगरी फर्किने निश्चित भएको छ ।

यसैबीच प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकका लागि जलवायु न्यायको वकालत गर्नेगरी सम्बोधन गर्ने भएका स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपाल जस्ता देशहरुको जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभामार्फत प्रधानमन्त्री शाहले विश्वको ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रधानमन्त्री शाहले गर्ने सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क राखिएको स्रोतले जनाएको छ ।

न्युयोर्कस्थित नेपाली मिसनका अनुसार प्रधानमन्त्री शाहले सो सम्बोधनका लागि १२ मिनेट समय पाएका छन् । सो समयभित्र आफ्ना धारणा राख्ने र त्यसमा विशेषगरी जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोगेका समस्यका कुरा राखिएको छ ।

जलवायु परिवर्तनका कारण बारम्बार हुने जनधन र पूर्वाधारको क्षतिका साथसाथै नेपाललाई जीविकोपार्जनमा परेको असरका बारेमा पनि उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।

साथै यस पटकको सम्बोधनमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीको पुनःस्थापना, पुनर्निर्माणका लागि सहयोगको याचना गर्ने तथा जलवायु उत्थानशीलताका लागि थप अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्ने पनि रहेको स्रोतको भनाई छ ।

यस विषयमा हिजोमात्र पनि नेपाललाई बल पुग्नेगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले पनि महासभालाई सम्बोधन गर्ने क्रममा नेपालमा आएको बाढीको विषयमा कुरा उठाइसकेका छन् । उनले नेपालमा जलवायु परिवर्तनको असर देखा परिरहेको कुरा स्पष्ट रुपमा राखेका थिए ।

महासभाको उच्चस्तरीय सत्रमा महासचिव गुटेरेसले नै नेपालका बारेमा ध्यानाकर्षण गराएकाले यस वर्षको महासभामा भोटेकोशी बाढीले पाएको अन्तर्राष्ट्रिय चासो थप बढ्ने देखिएको छ ।