९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता

संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु

संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु
अ अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्रीहरुले संघीय संसदले नै सहकारी संस्थाहरुको नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

हाल सहकारी संस्थामा देखिएका समस्यामा राजनीतिक दलहरु स्वयं हावी भएको निष्कर्ष निकाल्दै उनीहरुले त्यसका लागि निगरानी राख्ने काममा संघीय संसद आफैँ अग्रसर हुनुपर्ने बताएका हुन् ।

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति शुक्रवार बोलाएको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीहरु महेश आचार्य, सुरेन्द्र पाण्डे, डा। प्रकाशचन्द्र लोहनीले संसदलाई जवाफदेही बनाएर मात्रै सहकारी संस्थाहरुमा हाल देखिएको वित्तीय अपचलनको समस्या समाधान गर्न सकिने धारणा राख्नुभएको हो ।

पूर्वअर्थमन्त्रीहरुले राजनीतिक दलहरु हावी हुँदा सहकारीमा वित्तीय अपचलन लगायतका समस्या देखिएको त्यसको समाधानका लागि संंघीय संसद आफैले कडा निगरानी राख्नुपर्ने सुझाव बैठकमा दिनु भएको सो विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले सहकारीलाई वित्तीय क्षेत्रसँग भन्दा पनि उत्पादनसँग जोडेर अघि बढाउन उपयुक्त हुने राय पनि बैठकमा दिनु भएको उल्लेख गर्नु भयो । सहकारीलाई उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने कुरा पनि बैठकमा पूर्वअर्थमन्त्रीहरुले राख्नुभएको थियो ।

सभापति थापाले भन्नुभयो,‘यो विशेष छाननविन समितिको आधारमा होइन, संसदले, प्रतिनिधि सभाले लगातार र स्थायी रुपमा अनुगमन गर्नेगरी अगाडि बढनु पर्छ, त्यो जवाफदेहिताका साथ काम गर्नुपर्छ भन्ने कुरा पनि सुझावको रुपमा आएको छ । यो सबै समग्र पक्षहरुमा हामीले छलफल गरेका छौं । यो सहकारी क्षेत्रमा राजनीतिक नेक्ससको बलशाली संलग्नता छ, नियमनकारी निकायलाई कमजोर बनाउने कुरामा यो नेक्सस बढी प्रभावी भएको देखिन्छ भन्ने खालको विश्लेषण पनि आएका छन ।

आजै मौद्रिक नीति राष्ट्र बैंकले जारी गरेको छ । सहकारीहरुमा रहेको धितोलाई मध्यनजर गरेर ५ लाख भन्दा कम रकमको बचतलाई कसरी फिर्ता गर्ने भन्नेबारे सहजीकरण गर्ने भन्ने कुरा आएको छ ।

यो पनि हामीले गरेको छलफलको एउटा सकारात्मक पक्ष हो भनेर हामीले बुझेका छौं । सहकारीलाई उत्पादनसँग जोड दिनुपर्छ भन्ने पनि उहाँहरुको सुझाव थियो । वित्तीय सहकारीले समस्या खडा गरेकाले यसलाई उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने उहाँहरुको भनाई थियो ।’

यसैबीच, सो विशेष समितिलेसहकारी सम्बन्धि कुनै समस्या भए जानकारी गराउन सर्वसाधारणलाई पनि अपिल गरेको छ । सभापति थापाले आफूले कुनै सहकारीमा वित्तीय अपचलन भए त्यसको जानकारी गराउन सबैलाई अनुरोध गरिएको बताउनुभयो ।