२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्री शाही र भारतीय राजदुत बीच शिष्टचार भेट



अ+ अ-

काठमाडौ—बाताबरण तथा वन मन्त्री ऐनबहादुर शाही र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच शिष्टचार भेट भएको छ ।

शुक्रबार मन्त्रालयमा वन मन्त्री शाही र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव बीच शिष्टचार भेट भएको मन्त्रीका स्वकीय सचिव लेक बिक्रम शाहले जानकारी गराउनु भयो ।

उक्त भेटमा भारतीय राजदुतले दोधारा र चा“दनीमा सुरक्षा चौकी स्थापना गर्न बाताबरणीय अध्यायन भइरहेको मन्त्रलाई जानकारी गराएका छ । उनले भने सुरक्षा चौकी स्थापना गर्ने बिषयमा पहिले नै नेपाल र भारत बीच मौखिक रुपमा सहमति भइसको छ ।

भारतीय सहयोगमा नेपालमा भौतिक पूर्बाधार निर्माण, क्षमता बिकास तालिम जस्ता कार्यक्रम गर्दै आएको र यसलाई थप निरन्तरता दिने श्रीवास्तवले मन्त्री शाहीलाई जानकारी गराए ।

नेपाल र भारतको सिमाना राष्ट्रिय निकुञ्ज रहेको र यसको संरक्षण तथा प्रर्बधनमा दुबै देशको भूमिका आबश्यक रहेको राजदुतको भनाई छ ।

नेपालमा पछिल्लो पटक जलवायू परिर्वतनले गर्दा अनाबिष्ट अतिबिष्टका कारण मानव जातले ठूलो क्षेति ब्यर्होनु परि रहेको अबस्थामा यस प्रतिको जोखिम न्यूनिकरण गर्न छिमेकी राष्ट्र भारतको सहयोग आबश्यक रहेको मन्त्री शाहीले बताउनु भयो ।

मन्त्री शाहीले भने दोधारा र चाँदनीमालाई बाताबरणले पार्ने असर न्यूनिकरणको लागि भारतको सहयोगको अपेक्षा गरेका छौ ।

पिछडिएको हिमाली जिल्ला मुगुमा बिद्यालय भवन निर्माण राराको पर्यटन प्रर्बधन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको बिकासमा भारतको सहयोग अपेक्षा गरिएको मन्त्री शाहीले बताए ।

समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा अबस्थित प्राकृति सुन्दरताले भरिपूर्ण रारामा भ्रमण गर्न मन्त्री शाहीले श्रीवास्तवलाई आग्रह समेत गरेका छन । २९ जुलाइमा ललितपुरमा बृक्षारोपणमा उपस्थितको लागि श्रीवास्तवले मन्त्रीलाई निम्तो समेत गरेका छन ।