२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा
अ अ+ अ-

काठमाडौं । विश्व प्रसिद्ध आरोही कामीरिता शेपाले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका कामीरिताले आफ्नै २८ औं कीर्तिमान भंग गर्दै आज २९ औं पटक सगरमाथा आरोहण गरेका हुन् । उनले आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथा चुचुरोमा पुगेका थिए ।

कामीरिता अहिले आधारशिविरतर्फ फर्किंदै छन् । पुन: यसै सिजनमा दोस्रोपटक जाने कि नजाने भन्ने निर्णय चाहिँ उनी आधार शिविरमा पुगेपछि गर्ने छन् ।

पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न गएका थिए । यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने कामीरिताको जिम्मेवारी रहेको छ ।

५४ वर्षीय कामीरिताले यसपटक मौसम अनुकूल भए दुईपटक सगरमाथा आरोहण गर्नसक्ने मनसाय बनाएका छन् ।

सोलुखुम्बुको थामेका शेर्पाले गत वर्षको वसन्तकालीन याममा आफ्नो २७ औं पटकको रेकर्ड ब्रेक गर्दै २८ औं पटक सगरमाथा चुचुरोमा पुगेर विश्वकै सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको रेकर्ड बनाएका थिए । कामीरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुको पाङ्बोचेका ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन् ।

गत वर्षको वसन्तकालीन याममा उनले गरेको सगरमाथा आरोहण २७ औं पटक थियो । उनले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर कामीरिताकै हाराहारीमा सगरमाथा आरोहणको र्कितिमानी बनाएपछि कामीरिताले पनि एक साता नबित्दै गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २८ औं पटकको रेकर्ड बनाएका थिए ।

कामीरिताले २०५१ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए भने पासाङ दावाले २०५५ सालमा सगरमाथा आरोहण गरेका थिए ।