• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण



धनगढी । नेपाल आइडल विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।