• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री ★   स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार ★   अल हिलाल साउदी प्रो लिग च्याम्पियन ★   आईपीएलमा आज: राजस्थानलाई प्लेअफमा पुग्न चेन्नईको चुनौती ★   ०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो: नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस



काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गर्नुभएको छ ।

कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

नेपाली कांग्रेस यसअघि नै दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा विजय भइसकेको छ ।