४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विशेष खेल हुँदैछ । उपाधि होडमा रहेको आर्सनलले म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ ।

आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको खेल युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । आर्सनललाई यो खेल ‘गर या मर’को अवस्थामा छ ।

जित्नैपर्ने दबाबमा आर्सनल रहेको छ । हिजो शनिबार म्यान्चेस्टर सिटीले फुलहममाथि ४–० गोलको जित निकाल्दै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३६ खेलबाट ८५ अंक छ भने आर्सनलको समान खेलबाट ८३ अंक छ ।

आर्सनलले चार खेलअघि एस्टन भिल्लासँग हार ब्यहोरेपछि उसलाई उपाधि होडमा थप कठिन बनेको हो । आर्सनलले आजको युनाइटेडसँगको खेलपछि अन्तिममा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ भने म्यान्चेस्टर सिटीले टोटेनहम र वेस्ट हाम युनाइटेडसँग खेल्नेछ ।

यता, तेस्रो स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ७८ अंक छ । एस्टन भिल्ला ६७ अंकसहित चौंथो स्थानमा छ । यी दुई टोलीबीच सोमबार राति १२ः४५ बजे खेल हुनेछ ।