२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन…

‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन…
अ अ+ अ-

काठमाण्डौ । नेपालमा अहिलेपनि कसैलाई क्यान्सर रोग लाग्यो भने उपचारको लागि ‘घरखेत नै बेच्नुपर्छ’ र त्यति गर्दा पनि क्यान्सरको विरामीलाई बचाउन सकिँदैन भन्ने अन्धविश्वास विद्यमान छ ।

मुखले ठीक्क पार्ने आफन्त र छिमेकीहरु पनि यस्तो बेलामा काम लाग्दैनन् । उपचार खर्च दिनुपर्ला भनेर भाग्छन । त्यसैले भन्ने गरिन्छ—‘घरखेत पनि जाने र ज्यान पनि जाने’ यस्तो रोग शत्रुलाई पनि नलागोस् ।

तर क्यान्सरको उपचारको अहिलेको वास्तविकता भने यति भयानक छैन । समयमै क्यान्सर पत्ता लगाएर उपचार गर्न सकेमा विगतको तुलनामा नेपालमै सुलभ र गुणस्तरीय उपचार हुन्छ र विरामीले पनि त्यति झण्झट बहोर्नुपर्दैन ।

यस्तै सन्देश दिनका लागि क्यान्सररोग लागेका एकजना विरामीको घटनालाई समेटेर मह सञ्चारले ‘के डेरा के घर’ टेलि चलचित्र बनाएको छ । लामो समयदेखि चुरोटको लत लागेका हरिवंश (हरिशंकर) लाई फोक्सोको क्यान्सर लागेपछि मुखले ठिक्क पार्ने छिमेकी र आफन्तले उपचारको लागि विरामीलाई विदेशमा लैजान गलत सल्लाह दिएपछि उपचार खर्च जुटाउनको लागि काठमाण्डौको आफ्नो महंगो घर आफ्नै घरमा भाडामा बस्ने मदनकृष्ण (मदन शंकर) लाई बेचेर हरिवंश सोही घरमा भाडामा बस्न वाध्य भएको कथावस्तुलाई आधार बनाई मह सञ्चारले ‘के डेरा के घर’ बनाएको हो ।

नेपालमै क्यान्सरको उपचार गर्ने अत्याधुनिक र सुविधासम्पन्न अस्पताल तथा विशेषज्ञ चिकित्सकहरु हुँदाहुँदै पनि क्यान्सरका विरामीलाई उपचारको लागि विदेशमा लैजाँदा धेरै खर्च लागेर आफुले दु:ख गरि जोडेको एउटै मात्र घर पनि बेच्नु परेको तितो यथार्थ सो टेलि चलचित्रमा समावेश गरिएको छ ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य, नरेन्द्र कशांकार, नारायणदेवी श्रेष्ठ, सिरु बिष्ट, सावित्री शर्मा, राजु भुजु, शशिकुमार खड्का,पुजा लिम्बु, ओजश्वी बिष्ट, दिपक कोइराला, सहारा कोइराला लगायतको भूमिका रहेको सो टेलि चलचित्रलाई मह जोडीले निर्देशन गर्नुभएको हो ।

‘नेपालीको क्यान्सरको उपचार नेपालमै हुन्छ, विदेशमा जानु पर्दैन’ भन्ने सन्देश दिनको लागि सो टेलिचलचित्र बनाइएको उपचारको लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले बताउनुभयो ।

शुक्रबार अपरान्ह ३ बजेदेखि युट्युबमा राखिएको सो टेलि चलचित्र शनिबार साँझ ७ बजेसम्म ३९ हजारजनाले हेरिसकेका छन् । राजधानीको सुन्धारास्थित सिटिसी मलमा शुक्रबार ‘के डेरा के घर’ को प्रिमियर शो देखाइयो । मह सञ्चारका संस्थापक एवम् निर्देशकद्वयको उपस्थितिमा देखाइएको सो प्रदर्शनीमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, पहिलो महिला मोडेल एवम् क्यान्सर विजेता डली गुरुङ्ग याकथुम्बा, क्यान्सर विजेताहरु गायीका संगिता शाक्य थापा, ताराप्रसाद त्रिपाठीको साथै टेलिचलचित्रका निर्माण संयोजक किरण श्रेष्ठ, रोटरी क्लव यलका पदाधिकारी, नेपाल अर्वुद्ध रोग निवारण संस्थाका पदाधिकारीहरु, क्यान्सर विजेताहरु एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ, मेडिकल निर्देशक डा. विजेशराज घिमीरे, विभिन्न विभागका प्रमुखहरु लगायत नर्सिङ्ग कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचारको लागि अहिले विश्वस्तरीय अस्पतालहरु र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि धेरै नेपाली विरामीहरु आफन्त र छिमेकीको गलत सल्लाहमा उपचारको लागि विदेशिने गरेको र यसबाट लाखौं नेपाली रुपैयाँ विदेशिने गरेको र विरामी र विरामी कुरुवाले दु:ख पाउने गरेको तथ्य औंल्याउनुभयो । त्यस अवसरमा रोटरी क्लव यलका डा.रविन्द्र रायले पनि बोलेका थिए ।

मदन देवी फाउण्डेशन ललितपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, आईजिआई प्रुडेन्शियल इन्सुरेन्स, नेपाल अर्वुद्धरोग निवारण संस्था ललितपुर शाखा, रोटरी क्लव अफ यल, उपचारको लागि सहयोगी हातहरु, ललितपुर महानगरपालिका वडा नं १६ र पुर्ण मंगल जोशीको आर्थिक सहयोगमा सो टेलिचलचित्र बनाएको हो । मह जोडीले उनीहरुलाई सम्मान पनि गर्नुभयो । मह सञ्चारले करीव ४० वर्षअघि ‘के घर के डेरा’ टेलि चलचित्र बनाएको थियो ।