९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

आईपीएलमा आज: राजस्थानलाई प्लेअफमा पुग्न चेन्नईको चुनौती

आईपीएलमा आज: राजस्थानलाई प्लेअफमा पुग्न चेन्नईको चुनौती
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुनेछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम (चेपौक) मा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आजको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीच बेंग्लोरको एम चिन्नास्वामी स्टेडियममा बेलुका ७:४५ बजे हुनेछ ।

आज चेन्नईको सिजनको १३ औं खेल खेल्दैछ । टोलीले १२ खेलमध्ये ६ जितेको छ भने ६ हारेको छ । टोली अंक तालिकाको चौथो स्थानमा छ । राजस्थानको यो १२औँ खेल हुनेछ । ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको टोली १६ अंकसहित दोस्रो स्थानमा छ। चेन्नईले आजको खेल जितेर आफ्नो प्लेअफको आशा जीवित राख्नेछ। भने राजस्थानले आजको खेल जिते प्लेअफमा पुग्ने छ।

हेड टु हेड

चेन्नई र राजस्थानबीच आईपीएलमा कुल २८ खेल खेलिएका छन् । जसमा चेन्नईले १५ जितेको छ भने राजस्थानले १३ जितेको छ। योसँगै चेपौक रंगशालामा दुई टोलीबीच ८ खेल खेलिएका छन्, जसमा ६ मा सीएसकेले जितेको छ भने आरआरले २ खेल मात्र जितेको छ।

गायकवाड चेन्नईका सर्वाधिक रन स्कोरर

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले १२ खेलमा ५ सय ४१ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टिमका सर्वाधिक विकेट लिने बलरमा तुषार देशपाण्डे छन् ।

राजस्थानका लागि सामसनले सबैभन्दा धेरै रन बनाए

राजस्थानका कप्तान सञ्जु सामसन सर्वाधिक रन स्कोरर हुन् । उनले ११ खेलमा ४ सय ७१ रन बनाएका छन् । जसमा ५ अर्धशतक समावेश छ । टिमका लागि रिष्ट स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १४ विकेट लिएका छन् ।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेइङ-११:

रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिचेल, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, तुषार देशपांडे र सिमरजीत सिंह।

इम्प्याक्ट प्लेयर: अजिंक्य रहाणे।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ-११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, रायन पराग, डोनोभान फरेरा, रोभमान पावेल, शुभम दुबे, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहल।

इम्प्याक्ट प्लेयर: जोस बटलर।