१८ भाद्र २०८३, बिहीबार
,
Latest
खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसलाई बोलाउनुभएको छ ।

प्रधानमन्त्री दाहालले ९ बजे छलफल गर्न कांग्रेसलाई बोलाउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ । बजेट भने जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक बाध्यता छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अबरुद्ध गरेपछि सरकारमाथि दबाब परेको हो । संसद्को अवरोध नहटाइ नीति तथा कार्यक्रम र बजेट ल्याउन सक्ने अवस्था छैन । त्यही कारण सहमति जुटाउन पनि प्रधानमन्त्रीले कांग्रेसका नेताहरुलाई छलफल गर्न बोलाउनुभएको हो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।