७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा नेकपा एसबाट मेयरको उम्मेदवार बनेका भुर्तेल एमाले प्रवेश



अ+ अ-

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।

भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।