४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी

नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी
अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबारे चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताउनुभएको छ ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सांसद रेग्मीले हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने जस्ता प्राकृतिक घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वानुमान गर्न कठिन हुने बताउनुभयो ।

उहाँले चीन र नेपालबीचको सुमधुर सम्बन्धमा असर पर्ने गरी अपुष्ट सूचना तथा अफवाह फैलाउन नहुनेमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

सांसद रेग्मीले अत्यधिक निगरानी हुने सगरमाथा क्षेत्रमा समेत हिमपहिरो तथा आइसफलबाट हुने दुर्घटना रोक्न नसकिएको उदाहरण दिँदै निगरानी नभएका हिमाली क्षेत्रमा कुन स्थानमा कहिले प्राकृतिक घटना हुन्छ भन्ने पूर्वसूचना दिन झनै कठिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनतर्फबाट सूचना आदानप्रदान नभएको भनेर आएका ‘रुमर’हरू सबै रुमर नै हुन् । हिमालयमा पूर्वदेखि पश्चिमसम्म आइस र चट्टानै चट्टान छ । कुन चट्टान कहिले खस्छ भन्ने सूचना कसरी हुन सक्छ ?”

सगरमाथामा विश्वभरका पर्वतारोही तथा सञ्चारमाध्यमको ध्यान रहने र मौसमको निरन्तर निगरानी हुने भए पनि आइसफलबाट हुने दुर्घटना पूर्णरूपमा रोक्न नसकिएको उहाँको भनाइ थियो ।

“सगरमाथा त एकदमै नजिकबाट मोनिटर हुने ठाउँ हो । त्यहाँ हुने दुर्घटनाबाट हामीले आफ्ना शेर्पा र विदेशी पर्वतारोहीलाई समेत सधैँ जोगाउन सकेका छैनौँ । अनि मोनिटर नै नभएका देशभरिका कुन ठाउँमा कहिले फुट्छ भनेर कसरी भन्न सकिन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

सांसद रेग्मीले नेपालमै विगतमा भएका प्राकृतिक विपद्को उदाहरण दिँदै यस्ता घटनाको पूर्वसूचना सधैँ सम्भव नहुने बताउनुभयो । थामेमा भएको हिमताल फुट्ने घटना तथा सेती नदीमा आएको विपद्को उदाहरण दिँदै उहाँले त्यस्ता घटनाबारे पनि समयमै जानकारी प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले रसुवा–त्रिशूली बाढीका विषयमा चीनसँग पूर्वसूचना हुँदाहुँदै नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सम्बन्ध बिगार्ने काम गर्न नहुने बताउनुभयो ।

सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा अफवाह फैलाउने क्रम बढेको भन्दै उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सांसद रेग्मीले हिमनदी, हिमताल तथा प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । विशेषगरी ग्ल्यासियोलोजी अध्ययन गरेका तथा हिमनदी र हिमतालसम्बन्धी विषयमा विज्ञता हासिल गरेका व्यक्तिसँग तथ्यमा आधारित सूचना लिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यी कुरा विषय विज्ञलाई मात्र सोध्नुहोस्, जसले ग्ल्यासियोलोजी पढेका छन् ।”