३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्

काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्
अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उहाँले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराउनुभएको हो । भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राख्नुभयो ।

उहाँले आयुर्वेदिक अस्पतालमा राखिएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, त्यहाँ शैय्या, औषधि र जनशक्तिको अभावका विषयमा जानकारी गराउनु भयो । विपद्को यस घडीमा सरकारी संयन्त्रले मात्र सबै कार्य गर्न कठिन हुने भएकाले निजी क्षेत्र र इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउन उहाँले सुझाव दिनुभयो । जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र र वैदेशिक सहयोगका लागि सरकारले अनुमति दिइसकेको जानकारी दिनुभयो । छिमेकी मुलुक चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण रोकिएको र अन्य मुलुकहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाइ छ । नेता आङ्देम्बेले विशेष गरी नुवाकोट लगायतका क्षेत्रमा बाढीपहिरोपछिको दुर्गन्धका कारण महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भई ठूलो महामारी फैलिन सक्ने खतरा छ, त्यसैले त्यो भूगोल र त्यहाँका जनतालाई सुरक्षित राख्न सरकारले तत्काल कदम चाल्नुपर्छ ।’

उद्धार कार्यका लागि हेलिकोप्टरको प्रयोग र व्यवस्थापनका विषयमा पनि उहाँले जोड दिनुभयो । नुवाकोटका विभिन्न स्थानमा सडक र पुल भत्किएका कारण आवतजावत ठप्प भएको र परिवारका सदस्यहरू अलग–अलग स्थानमा अलपत्र परेकाले उनीहरूको मानसिक अवस्थालाई मध्यनजर गर्दै थप हेलिकोप्टर परिचालन गरी सहज पहुँच बनाउन उहाँले माग गर्नुभयो ।

नेपाली काँग्रेसको आन्तरिक तयारीका बारेमा जानकारी दिँदै नेता आङ्देम्बेले पार्टीले संस्थागत रूपमै राहत कोष खडा गरेको र हेल्पलाइनमार्फत सहयोग कार्य शुरु गरिसकेको बताउनु भयो । उहाँकाअनुसार आगामी सोमवार पार्टीका सभापति गगनकुमार थापा नेतृत्वको टोली प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

विपद्को यस समयमा प्रतिपक्षको भूमिका सहयोगी रहने स्पष्ट पार्दै उहाँले सरकारलाई दृढताका साथ अगाडि बढ्न र जनतालाई छिटोभन्दा छिटो सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल