३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक,२ सय ११ वटा आंशिक मानव अङ्ग फेला

रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक,२ सय ११ वटा आंशिक मानव अङ्ग फेला
अ+ अ-

काठमाडौं। मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले शनिवार संचारकर्मीसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन् । प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् ।

यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात् कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ ।

बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ । यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन् ।

उद्धार कार्यको विवरण दिँदै प्रवक्ता काफ्लेले हालसम्म २ हजार ३ सय १ जनाको सफल उद्धार गरिएको जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये १ हजार ५ सय ६ पुरुष र ७९५ महिला रहेका छन् । विपद् प्रभावितहरूका लागि नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेका र त्यहाँ करिब १ हजार व्यक्तिले आश्रय लिइरहेका छन् । धादिङमा पनि होल्डिङ सेन्टरको व्यवस्था गरिएको भएपनि हाल त्यहाँ कोही नरहेको प्रहरीले जनाएको छ ।

विपद् व्यवस्थापन र खोजी कार्यलाई तीव्रता दिन प्रहरीले विभिन्न विशेष टोलीहरू परिचालन गरेको छ । प्रवक्ता काफ्लेका अनुसार गत १० गतेदेखि नै २२ जनाको मेडिकल टोली कार्यक्षेत्रमा खटिएको छ । खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा ड्रोन र ६ जना अपरेटर सहितको टोली परिचालन गरिएको छ भने शनिवार थप ड्रोन र विपद् व्यवस्थापन टोली रसुवातर्फ पठाइएको छ ।

उनले भने, ‘अहिलेको अद्यावधिक विवरण हेर्दा ६६९ वटा शव फेला परेको अवस्था छ । जसमा महिला १४८, पुरुष २६८, बालिका २२, बालक २० र आंशिक अङ्ग २११ गरी जम्मा ६६९ शव फेला परेका छन् । तीमध्ये २० वटा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको अवस्था छ ।

बेपत्ताको विवरणमा स्वदेशी पुरुष १ हजार ५९१ र महिला २६४ गरी जम्मा १ हजार ८५५ जना हुनुहुन्छ। त्यसैगरी, विदेशी पुरुष २२३ र महिला ३०० गरी ५२३ जना हुनुहुन्छ । यसरी बेपत्ताको कुल संख्या २ हजार ३७८ पुगेको छ । घाइते उद्धारको हकमा २ हजार ३०१ जना रहेका छन् । जसमा पुरुष १ हजार ५०६ र महिला ७९५ जना छन् ।’

खोजी तथा उद्धार कार्यमा तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ । साथै, शव सङ्कलन, पहिचान, कानुनी सहायता तथा मुचुल्का लेखनका लागि छुट्टाछुट्टै विज्ञ टोलीहरू कार्यक्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।–न्युज एजेन्सी नेपाल