६ असार २०८३, शनिबार
,
Latest
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको हो– अध्यक्ष ओली



file
अ+ अ-

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको मार्ग चित्र एमालेले कोरेको भन्दै यसलाई पूरा गर्ने अभिभारासमेत एमालेकै भएको बताउनुभएको छ ।

झापाको कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एमालेले नै लोकप्रिय कार्यक्रम र योजना ल्याएको जिकिर गर्नुभयो ।

देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै अध्यक्ष ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै सबै उम्मेदवारलाई विजय गराउन आग्रह गुर्नभयो ।

ओलीले आजै मोरङको मिक्लाजुङ, झापाको कमल र गौरीगञ्ज गाउँपालिका तथा दमक नगरपालिका, गौरादह र भद्रपुर नगरपालिकामा भएका चुनावी सभालाई सम्बोधन गर्नुभयो ।