३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो



सांकेतिक तस्बिर
अ+ अ-

हवाना । क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ । सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन् । ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ ।

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ । दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाई छ ।