१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधु अधिकारी नेकपा एसमा प्रवेश



अ+ अ-

हेटौँडा । तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नु भएको छ ।

आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित हुनु भएको हो । उहाँलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गर्नु भयो । ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भन्नुभयो, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।

पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताउनु भयो । उहाँले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताउनु भयो ।

को हुन् मधु अधिकारी ?

२०२२ सालमा हेटौँडामै जन्मनु भएका अधिकारी २०४७ सालमा बहुदल स्थापनापछि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला समितिको संस्थापक हुनुहुन्छ । उहाँले हेटौँडा नगर अध्यक्ष, जिल्ला सचिव, उपसभापति, सभापति, बागमती प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्यके भूमिकामा कार्य गरिसक्नु भएको छ । वडाध्यक्ष हुँदै हेटौँडाको मेयर पनि भइसक्नु भएका अधिकारीले सन १९८० मै सिंगापुरबाट ब्लाक बेल्ट लिनु भएको हो ।

पाँचवटा राष्ट्रिय खेलमा पनि सहभागी अधिकारीले पार्टीको मुखपत्र हलो मासिकको सम्पादक भएर काम गर्नु भएको छ भने मकवानपुरको ५० को दशकमा पत्रकारिता पनि गर्नु भयो ।

उहाँले कोसेली साप्ताहिक र मकवानपुर सन्देश पत्रिका पनि सम्पादन तथा प्रकाशन गर्नु भएको थियो । यस्तै, राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारी पनि राप्रपा परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ ।




भर्खरै