२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकातालाई हराउँदे लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ५३ औँ खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

जवाफमा कोलकाताको टोली १४.३ ओभरमा १ सय १ रनमा सिमित भयो । केकेआरका आन्द्रे रसेलको तुफानी इनिङ्स खेर गयो ।

कोलकाताको १०१ रनमा रसेलको ४५ रनको योगदान थियो । उनले १९ बलको इनिङ्समा तीन चौका र पाँच छक्का प्रहार गरे । १३ औं ओभरमा आवेश खानले रसेललाई पेभिलियन पठाए ।

यो खेलमा लखनउका दुई बलरले मेडेन थ्रो समेत गरे । केकेआरको इनिङ्समा मोहसिनले पहिलो ओभरको विकेट मेडेन बनाएका थिए ।

केकेआरको इनिङ्सको सातौं ओभरमा आवेश खानले विकेट मेडेन बोल्ड गरे । यो ओभरमा आवेशले नितिशलाई पेभिलियन पठाए र कुनै रन दिएनन् । प्लेयर अफ द म्याचको अवार्ड आवेशले पाए ।

यो जितसँगै लखनउको टोली गुजरातलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट ८ जितसहित १६ अंक छ । लखनउको टोलीले तीन खेल मात्र हारेको छ । गुजरातको पनि ११ खेलबाट १६ अंक छ, तर नेट रन रेटमा लखनउ गुजरातभन्दा धेरै अगाडि छ । लखनउको नेट रन रेट ०.७०३ छ भने गुजरातको नेट रन रेट ०.१२० छ ।

यो हारसँगै कोलकाताको प्लेअफ पुग्ने आशामा धक्का लागेको छ । टोली प्लेअफको दौडबाट झण्डै बाहिरिसकेको छ । केकेआरको ११ खेलमा चार जित र सात हारका साथ आठ अंक छ । लखनउको अर्को खेल मे १० मा गुजरातसँग हुनेछ । जुन टोलीले त्यो खेल जित्छ अंक तालिकाको शीर्ष स्थानमा रहनेछ । त्यस्तै कोलकाताको टोलीले मे ९ मा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।